गोर्खाल्याण्डको लागि दिल्लीको जन्तर मन्तर गोर्खाल्याण्ड एक्टिभिष्ट समूहको दुई दिवसीय धरणा प्रदर्शन शुरु

IMG-20241213-WA0264

खरसाङ: दिल्लीको जन्तर मन्तरमा गोर्खाल्याण्डको आवाजलाई गुञ्जयमान बनाउँदै गोर्खाल्याण्ड एक्टीभिष्ट समूहले धरणा प्रदर्शन शुरु गरेको छ। गोर्खाल्याण्डको लागि दिल्लीको जन्तर मन्तरमा गोर्खाल्याण्ड एक्टिभिष्ट समूहसितै नेप इन्डिया फाउण्डेशन बेंगलोर अनि विश्वकर्मा शिल्पकार समूह कालेबुङका सदस्यहरू, ग्यान, गोर्खे चेली संस्था आदिले पनि साथ दिएका छन्। आजको धरणा कार्यक्रमको अध्यक्षता गोर्खाल्याण्ड एक्टिभिष्ट समूहकी बिन्ध्या डुक्पाले गरेकी थिइन्। यस धरणा प्रदर्शनमा विभिन्न वक्ताहरुले गोर्खाल्याण्ड विषयमा वक्तव्य राखेका थिए। उक्त धरणा प्रदर्शनलाई शित्तल सुब्बाले सञ्चालन गरेका थिए भने स्वागत सम्भाषण डीपी प्रधानले राखेका थिए। धारणा प्रदर्शनमा वक्तव्य राख्नेहरुमा क्रमैले नेप ईण्डिया फाउण्डेशनको सभापति संजित विश्वकर्म, नेप ईण्डिया फाउण्डेशनको संस्थापक अनि चेयरम्यान राहुल राई, गोर्खे चेली संस्था दिल्लीबाट अञ्जु बरदेवा, विश्वकर्म शिल्पकार समाज कालेबुङबाट रोहित विश्वकर्मा, गोर्खाल्याण्ड एक्टिभिष्ट समूहको संयोजक किशोर प्रधान, डा. मुनिष तामाङ आदिले वक्तव्य राखेका थिए।

गोर्खाल्याण्ड एक्टिभिष्ट समूहद्वारा दिल्लीको जन्तर मन्तरमा गोर्खाल्याण्डको लागि आयोजित दुई दिवसीय धरणा प्रदर्शनको आज पहिलो दिन हो। यो धारणा भोलि १४ दिसम्बरमा‌ पनि चल्ने भएको जानकारी प्राप्त भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement