म्याराडोना मेमोरियल कपः पीकेकेएस घूमको रोमाञ्चक जीत

photocollage_20241213202542536

दार्जीलिङ: घूम जोरबंग्लो युनाइटेड क्लबको आयोजनमा जारी म्याराडोना मेमोरियल कप फूटबल टुर्नामेण्टमा पीकेकेएस घूमले रोमाञ्चक जीत हासिल गऱ्यो। घूम स्कूल ग्राउण्डमा शुक्रवार भएको म्याचमा पीकेकेएस घूमले जनकल्याण संघ सिलगढ़ीविरुद्ध ५-४-ले जीत हासिल गऱ्यो। विजेता टीमबाट नोरजांग लेप्चाले २ गोल गरे। यसबाहेक पियुष ठाकुरी, करण राई र बिशाल छेत्रीले १-१ गोल गरे। यसरी जनकल्याण्ड संघबाट जयहरि एक्लैले ४ गोल गरे। बिशाल छेत्रीले प्लेयर अव् द म्याचको पुरस्कार जिते। यस सेभेन ए साइड टुर्नामेण्टमा जम्मा २२ वटा टीमले हिस्सा लिएको छ। फाइनल २२ दिसम्बरमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

Advertisement