बाल साई अकादमीको वार्षिक कार्यक्रमसँगै वार्षिक परिणाम वितरण कार्यक्रम

IMG-20241213-WA0235

बिजनबारी: दार्जीलिङ पुलबजार खण्ड अधीनस्थ गोक दुई ग्रामको अप्पर कोलबुङमा अवस्थित बाल साई अकादमीले एक भव्य कार्यक्रमको आयोजना गरी वार्षिक कार्यक्रमसँगै वार्षिक परीक्षा फल वितरण गरेको छ। विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा कैजले ग्राम पञ्चायत प्रधान प्रमिला लामा मुख्य आथितको रूपमा उपस्थित थिइन् भने उनीबाहेक गोक दुई ग्राम पञ्चायत प्रधान एण्डुप लेप्चा, पञ्चायत सचिव प्रभात सेवा, पञ्चायत समिति सदस्य उद्दीम सुब्बा लगायत सम्पूर्ण वार्ड सदस्यहरु, वरिपरिको विभिन्न संघ-संस्थाका प्रतिनिधिगण लगायत सम्पूर्ण अभिभावक अनि विद्यार्थीहरुको उपस्थिति रहेको थियो।

विविध साँस्कृतिक प्रस्तुतिहरुसँगै आयोजित कार्यक्रममा विद्यालयका विभिन्न श्रेणीका विद्यार्थीहरुले आ-आफ्नो प्रतिभाहरु प्रस्तुत गरेका थिए भने कार्यक्रममा मोबाइल तथा यसको विद्यार्थीहरुमा पर्ने असरबारेमा एक उत्कृष्ट नाटक समेत मञ्चन गरिएको थियोे। कार्यक्रममा लामो समयदेखि उत्कृष्ट पठन पाठन सञ्चालन गर्दै आइरहेको बाल साई अकादमी निजी विद्यालयको उन्नति प्रगति बारेमा पञ्चायत समिति सदस्य उद्दीम सुब्बाले बताए भने क्षेत्रको विकासमा विद्यालयले निकै नाम कमाएको उनले थप बताएका छन्।

यसका साथै कार्यक्रममा पर्वावरण संरक्षण अनि सम्वर्ध्दन गर्ने विषयमा विविध जानकारीमूलक वक्तव्य विद्यार्थीहरुको पक्षबाट प्रस्तुत गरियो। अर्कोतिर घरको खाना खाएर उच्च शिक्षा हाँसिल गराउने विद्यालयको प्रमुख लक्ष्य रहेको विद्यालयको पक्षबाट उनले दिपक तामाङले बताएका छन्। आफुहरु विद्यार्थीहरुलाई अनुशासनसगै शैक्षिक स्तरमा अघि लैजान सदैव तत्पर रहेको थप बताएका ७छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement