दार्जीलिङ: हिजो (१२ दिसम्बर) दार्जीलिङ हिल्स युनिभर्सिटी भवनमा मुख्य मन्त्री ममता ब्यानर्जीको निर्देशअनुसार स्किल डेभलपमेन्ट विभागअन्तर्गत उत्कर्ष बांग्ला प्रकल्पअनुसार सीप विकास कार्यक्रम विधिवत उद्घाटन गरियोl विशिष्ट अतिथिहरू अरिन्दम च्याटर्जी (एडीएम स्किल), रिचर्ड लेप्चा (एसडीओ, सदर, दार्जीलिङ), मोनाज कुमार पहाडी (बीडीओ, रंगली रंगलियट डेभलपमेन्ट ब्लक), जिग्मी दोर्जी शेर्पा (पीडीओ, रंगली रंगलियट डेभलपमेन्ट ब्लक), देव कुमार छेत्री (सभापति पञ्चायत समिति), सुष्मा गुरुङ (दार्जीलिङ हिल्स युनिभर्सिटी अधिकारी), पञ्चायत समिति सदस्य साथै रेशेप, रोङचोङ, लब्दा प्रधान, उप प्रधान , मेम्बर साथै मुङपू थाना आउटपोस्ट अधिकारीको उपस्थिति रहेको थियो। मर्निङ डिलाइट दार्जीलिङको तर्फबाट हाम्रो सीप विकास कार्यक्रमको प्रशिक्षक पार्टनरको उपस्थिति साथै उनीहरुद्वारा नै प्रशिक्षण पनि प्रदान् गरिने भएको छ। कार्यक्रमा ३० भन्दा बढी मङ्पूका विद्यार्थीहरूको उपस्थिति रहेको थियो। कार्यक्रम निमेष छेत्री, रंगली रंगलियट डेभलपमेन्ट ब्लक कार्यालयद्वारा सञ्चालन गरियोl









