दार्जीलिङ: आगमी क्रिसमसको दिव्य पर्वलाई मध्य नजर गरेर भारतीय नेपाली साहित्यका युवा सर्जक दिलकस विद्याभूषण तामाङको शब्द रचनामा “हजार कष्ट” नामक प्रथम गोस्पल गीत प्रतिष्ठित युवा गायक साइराज खातीको स्वर आगमी १५ दिसम्बरमा सार्वजनिक हुने निश्चित भएको छ। युवा संगीतकार रवीन्द्र सुन्दासले संगीतबध्द गरेको उक्त गीतलाई युवा संगीतकार अभिशेक रामुदामुले संगीत संयोजन गरेका छन्। २०२४ मा संगीतकार रवीन्द्र सुन्दास अनि लाक्पा छिरिङ तामाङको संगीतमा सर्जक दिलकस विद्याभूषण तामाङको दर्जनभन्दा अधिक गीत अनि भजनहरू सार्वजनिक भइसकेको छ। यस वर्षको प्रारम्भमा संगीतकार रवीन्द्र सुन्दासको संगीतमा गायक साइराज खातीले दिलकस विद्याभूषण तामाङको “मैले कहिले घात गरे” गीतलाई स्वरबध्द गरेका थिए भने वर्षको अन्तमा फेरि रवीन्द्र सुन्दासको संगीतमा गायक साइराज खातीले दिलकस विद्याभूषण तामाङको “हजार कष्ट” लाई स्वरबध्द गरेका छन्। प्रस्तुत “हजार कष्ट” लाई समाजसेवी बुद्धिराज तामाङ लामाको सहयोगितामा हिमालयन पेन्टिकोस्टल चर्च गेलबाट रिलिज गरिने भएको छ। स्मरण रहोस: केही दिनअघि मात्र युवा गायक लाक्पा छिरिङ तामाङ अनि साइराज खातीको स्वर दिलकस विद्याभूषण तामाङको ताजमहल अनि तिम्रो उत्सर्ग नामक गीत संगीतकार रवीन्द्र सुन्दासको संगीतमा सार्वजनिक भएको थियो भने माईपाराङ, मैले कहिले घात गरे, मेरो मायाको अर्थ, निश्छल नयन,साई गंगोत्री,हुँदै आजसम्म दिलकस विद्याभूषण तामाङको गीतलाई रवीन्द्र सुन्दासको संगीतमा दार्जीलिङका धेरै कलाकारहरूले आवाज दिइसकेका छन्। मेलोडी किङ सुरेश कुमार अनि गायक लाक्पा छिरिङ तामाङले पनि दिलकस विद्याभूषणको रचनाहरू संगीत अनि स्वरबध्द गरिसकेका छन्। सर्जक दिलकस विद्याभूषण तामाङले “हजार कष्ट” गीत निर्माणको निम्ति बुद्धिराज तामाङ लामा, संगीतकार रवीन्द्र सुन्दास, साइराज खाती, लाक्पा छिरिङ तामाङ, अभिशेक रामुदामु, पुरण राई आदिप्रति आभार प्रकट गरेका छन्।