एक किलो ब्राउन सुगरसहित एक जना पक्राउ

IMG-20241212-WA0187-copy

उत्तर दिनाजपुर: रायगञ्ज थाना पुलिसलाई ठूलो सफलता हात लागेको छ। गोप्य स्रोतबाट सूचना पाएपछि रायगञ्ज पुलिस चौकीले करिब एक किलो ब्राउन सुगरसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। आरोपीको नाम सुनिल साह बताइएको छ भने सिलगढीको सेभोक रोडका बासिन्दा हुन्।

स्रोतबाट प्राप्त जानकारीका आधारमा उनी गए राति मालदाबाट सिलगढीतर्फ चार चक्के सवारीसाधनमा जाँदै गर्दा उनको गाडीको खोजी गर्दा गाडीबाट ब्राउन सुगर बरामद भएको समाचार छ। यसपछि उनलाई पक्राउ गरियो।  स्रोतका अनुसार ब्राउन सुगरको मूल्य करिब करोड रुपियाँ रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement