कामरूप (असम): कामरूप जिल्लाको रंगियास्थित डीए मोटर्स नजिक गत बुधवार राती भएको सड़क दुर्घटनामा रंगिया तिनाली निवासी प्रमुख व्यापारी चन्दन दासको मृत्यु भएको छ।
प्रत्यक्षदर्शीहरूका अनुसार दुर्घटना सड़क किनारको डिभाइडरसित मोटरसाइकल ठोक्किेर हुन गएको हो। दुर्घटना त्यसबेला भयो जब तिनी मोटरसाइकलमा सवार भई गुवाहाटीदेखि रंगियास्थित आफ्नो घर गइरहेका थिए।
रंगियाको वार्ड नम्बर ६ निवासी चन्दन दासले आफ्नो मृत्यु पछि आफना पत्नी र छोरालाई छोड़ेर गएका छन्। दुर्घटना भएको तत्कालै उनलाई उद्धार गरेर रंगियाको एक निजी अस्पतालमा लगिएको थियो तर अस्पताल पुरयाउन साथ डाक्टरहरूले उनलाई मृत घोषित गरिदिए।