इटानगर(अरुणाचल प्रदेश): कोलकातास्थित पूर्वी कमान रक्षा सम्पदाका प्रधान निदेशक एसएन गुप्ताले आज अरुणाचल प्रदेशका राज्यपाल जनरल (सेवानिवृत्त) केटी परनायकसित राजभवनमा भेट गरेका छन्। उनले राज्यमा रक्षा भूमि, सामुदायिक भूमि तथा चुनौतीहरूको बारेमा भेटका अबसरमा छलफल गरेका छन ।
राज्यपालले उक्त बिषय माथि जोड़ दिदै , रक्षा भूमिको लागि स्थानीय समुदाय र पर्यावरणको संरक्षण सहित राष्ट्रिय सुरक्षा आवश्यकताहरूलाई सन्तुलन गरी एक व्यापक दृष्टिकोणको आवश्यकता रहेको बताए।
उनले सुझाव दिदै सुधार, श्रेष्ठ भूमि प्रबन्धन तथा बढ़ेको सहयोगको माध्यमबाट राज्यले यो सुनिश्चित गर्नसक्छ कि आफ्ना नागरिकहरूसित सकारात्मक सम्बन्धलाई प्रश्रय दिएर त्यसको रक्षाको बलियो संरचना बनाउनु पर्ने बताए।
राज्यपालले भने, सैन्य आवश्यकताहरूसित समझौता नगरी बलियो संरचनाको विकासको लागि उपलब्ध रक्षा भूमिको प्रयोगलाई अनुकूल गर्ने प्रयास गरिनुपर्छ। उनले भने, नागरिक र सैनिय अधिकारीहरूबीच सहयोग स्थानी विकास आवश्यकताहरूसित रक्षा आवश्यकताहरूलाई सन्तुलित बनाउनमा सहयोग गर्नसक्छ जबकि स्थानीयसित उत्कृष्ट संचार माध्यम बनाउने सल्लाह दिनाले नागरिक-सैन्य सम्बन्धलाई सुमधुर बनाउनमा सहयोग मिल्ने धारणा राखेका छन्।