राजगञ्ज: भोरेर आलो थानाको पुलिसले मादक पदार्थ विरोधी अभियान चलाएर ९जनालाई हिरासतमा लिएको छ। प्राप्त जानकारी अनुसार मंगलवार राति भोरेर आलो थानाको पीसी पार्टीले अवैध मादक पदार्थ सेवन गर्ने व्यक्तिहरूको विरोधमा अभियान चलाएको हो।
सो क्रममा राजगञ्ज ब्लकका बलराम, जलडुमुर, आदर्शापल्ली र आबादी क्षेत्रबाट पुलिसले ९ जनालाई हिरासतमा लिएको छ। उक्त अभियान अन्तर्गत जफ्त गरिएका ठूलो परिणाममा देशी रक्सी नष्ट गरिएको छ। पुलिस सूत्र अनुसार यस प्रकारको मादक पदार्थ विरोधी अभियान निरन्तर चलाइने छ। भोरेर आलो थाना क्षेत्रअन्तर्गत सबै अवैध मादक पदार्थको व्यापार बन्द गरिने छ।











