पत्रकार किरण छेत्री पितृ शोकमा

IMG-20241211-WA0163

सोनादा: पत्रकार किरण छेत्री पितृ शोकमा परेका छन्। उनको पिता कृष्णबहादुर छेत्रीको आज बिहान ८३ वर्षको उमेरमा दार्जिलिङ सदर अस्पतालमा निधन भएको छ। उनी विगत केही दिनदेखि दार्जिलिङ सदर अस्पतालको आईसीयुमा उपचाराधीन अवस्थामा थिए। पत्रकार किरण छेत्रीको‌ पिता कृष्णबहादुर छेत्रीले आफुपछि सानो छोरी, छोरा किरण छेत्री, बुहारी र नातिनी छोडी गएका छन्। उनको अन्तिम संस्कार भोलि सोनादाको नाली चउरस्थित आफ्नोे निवासस्थानमा गरिने जानकारी प्राप्त भएको छ। पत्रकार किरण छेत्रीकी आमा र ठूलो दिदीको‌ निधन २०२२ मा भएको थियो। पत्रकार किरण छेत्रीको पिताको निधनमा द् रिपब्लिक इण्डियन हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकित परिवारप्रति गहिरो शोक समवेदना प्रकट गर्दछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement