डीडीसीए-का वर्तमान अधिकारीहरूमाथि भ्रष्टाचारको आरोप लगाए पूर्व क्रिकेटर आजादले

IMG-20241211-WA0133

नयाँ दिल्ली: दिल्ली एवम् जिल्ला क्रिकेट संघ (डीडीसीए)-को अध्यक्ष पदको निम्ति यस हप्ता हुने चुनाउहरूमा वर्तमान अध्यक्ष रोहन जेटलीलाई चुनौती दिने पूर्व भारतीय क्रिकेटर कीर्ति आजादले वर्तमान अधिकारीहरूमाथि भारी मात्रामा भ्रष्टाचार गरेको आरोप लगाउँदै गत वित्तीय वर्षमा भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-बाट प्राप्त भएको लगभग १४० करोड़ रुपियाँको केवल एक हिस्सा खर्च गरिएको बताएका छन्। यसबीच जेटलीसहित डीडीसीएका वर्तमान पदाधिकारीहरूले आजादको आरोपहरूमाथि कुनै प्रतिक्रिया दिएका छैनन्। डीडीसीएको ब्यालेन्स शीट अनुसार राज्य एकाईलाई गत वित्तीय वर्षमा बीसीसीआईबाट ७० करोड़ रुपियाँको अनुदाय आय (अनुदान या सब्सिडीको रूपमा प्राप्त धन) प्राप्त भयो जबकि आईपीएलको आय, बीसीसीआईबाट म्याच फीस र अन्तर्राष्ट्रिय म्याचहरूको टिकट बिक्रीसहित अन्य श्रोतहरूबाट लगभग ६७ करोड़ रुपियाँको कमाई भएको थियो। पूर्व क्रिकेटर आजादले डीडीसीएले स्टेडियममा फ्लड लाइट लगाउनमा १७.५ करोड़ रुपियाँ खर्च गरेको आरोप लगाएका छन् जबकि अहमदाबादमा यसभन्दा ठूलो नरेन्द्र मोदी स्टेडियममा ७.५ करोड़ रुपियाँमै फ्लड लाइट लगाइएको थियो। यसको साथमा उनले डीडीसीएले १९ करोड़ रुपियाँमा ८ वटा लिफ्ट लगाएको पनि आरोप लगाएका छन्। आदाजले भने, स्टेडियममा कुनै स्वीमिंग पूल, ब्याडमिण्टन कोर्ट, कुनै बार या लाउञ्ज छैन। सदस्यहरू यसभन्दा असल सुविधाहरूको हकदार छन्। क्रिकेटको मामिलामा पनि उनले रणजी ट्रफीको नवीनतम सीजनको निम्ति ८४ सम्भावित खेलाड़ीहरू चयन गर्ने तर्कमाथि प्रश्न उठाएका छन्। आजादले भने, ती ८४ खेलाड़ीहरूमा ३४ जनाले खेले। यसरी ३० सदस्यीय टीम अण्डर-१९ प्रतियोगिताको निम्ति गयो। यस्तो मैले पहिला कहिले सुनेको थिइनँ। टीममा साधारणत १५ जना खेलाड़ी हुन्छन्। सत्तामा आउन सके अधिक प्रतिभा अघि ल्याउन आजादले शहरमा ९ वटा एकाडमी खोल्ने वाचा गरेका छन्।
आजादले एउटा कार्यक्रममा भने, डीडीसीएलाई बीसीसीआईबाट प्रति वर्ष १४० करोड़ रुपियाँ प्राप्त हुन्छ। लगभग १२ करोड़ रुपियाँ प्रति महिना अनि ४० लाख रुपियाँ प्रतिदिन गरेर। संघलाई जुन अनुदान प्राप्त भएको छ त्यसको कुप्रबन्ध भएको छ। खाताहरूलाई उचित तरिकाले अडिट गरिएको छैन। क्रिकेटमाथि केवल ७ करोड़ रुपियाँ खर्च गरिएको छ। त्यसो भए रहल पैसा कहाँ गयो ? उल्लेखनीय छ, डीडीसीएको चुनाउ १३-देखि १५ दिसम्बरसम्म हुनेछ। नतीजा १६ दिसम्बरमा घोषणा गरिनेछ। १९८३-को वर्ल्ड कप विजेता टीमका सदस्य तथा बर्धमान-दुर्गापुर सीटबाट तृणमूल कंग्रेसका सांसद आजादले जेटलीलाई चुनाउ अघि स्वस्थ बहसको निम्ति पनि आमन्त्रित गरेका थिए तर डीडीसीएका वर्तमान अध्यक्ष त्यसको निम्ति आएनन्। चुनाउमा जम्मा ३७४८ सदस्यहरूले मतदान गर्ने सम्भावना छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement