बिराटनगर: मोरङको रंगेली नगरपालिका-८ स्थितबाट स्रोत नखुलेको रकम सहित एक जना महिलालाई पक्राउ गरिएको छ।
रंगेली नगरपालिका-८ दर्वेशा कि ६५ बर्षीया ज्योति देवी अग्रवालले घरमा अवैध रकम राखेको छ भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले उनको घर कोठा खानतलासी गर्दा टिनको बाकसमा नेपाली रुपैंया ४७ लाख ४९ हजार बरामद गरेको हो।
इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको इन्स्पेक्टर सन्तोषकुमार खड्का नेतृत्वको टोलीले अग्रवालको घरमा छापा हानेको थियो। इन्स्पेक्टर खड्का अनुसार १ तले घरको दक्षिण–पश्चिमतर्फको कोठामा चाबी लगाएर राखिएको अवस्थामा टिनको बाकसभित्र रकम फेला परेको हो। व्यक्तिको घरमा ठूलो मात्रामा स्रोत नखुलेको रकम भेटिएको उनले बताए।
प्रहरीले १ हजार र ५ सय दरका नोट बरामद गरेर घरधनी अग्रवाललाई पनि नियन्त्रणमा लिएको छ। उक्त रकम वरामद भए संगै घर धनी अग्रवाल समेतलाई नियन्त्रणमा लिई आवश्यक थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ।










