तीनधारेमा सार्वजनिक हरितालिका तीज पर्व पालन गर्दै ७० वर्ष नाघेका महिलाहरूलाई सम्मान

खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारेमा तीज पर्व पालन गरिएको छ। खस भारतीय हितकारी तीनधारे शाखाको महिला प्रकोष्ठको आयोजनामा सार्वजनिक हरितालिका तिज पर्व पालन गरिएको छ। यय अवसरमा तीनधारेको क्रिकेट बजारस्थित शिवालय मन्दिरमा तिजको विधिपूर्वक पूजा अर्चना गरी थालिएको थियो। त्यसपछि तिजको कार्यक्रम तीनधारेको महात्मा गाँधी हलमा सम्पन्न गरिएको थियो। उक्त कार्यक्रम खस भारतीय हितकारी तीनधारेको शाखा महिला प्रकोष्ठको सभापति सविता छेत्रीको अध्यक्षता र तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीको प्रमुख अातिथ्यमा सम्पन्न भएको थियो।

कार्यक्रममा आयोजक समितिको पक्षबाट तीनधारे क्षेत्रका ७० वर्ष पुगेका विभिन्न जातका ३० जना महिलाहरूलाई सम्मान गरिएको छ। यय अवसरमा महिलाहरूलाई खदार्पणसहित शल ओढ़ाएर सम्मान गरिएको छ। कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित सभासद नवराज छेत्रीले यो तिज पर्व हिन्दुहरूको एक धार्मिक पर्व हो भन्दै यसलाई केवल छेत्री बाहुनहरूले मात्र होइन तर सबैले पालन गर्ने गर्छन् भनी बताएका छन्। उनले यो पर्व विशेष महिलाहरूको लागि महत्वपूर्ण रहेको बताए। कार्यक्रमलाई बिनयकुमार छेत्रीले पनि सम्बोधन गरेका थिए।

कार्यक्रममा भारतीय खस हितकारी तीनधारे शाखाको सभापति गणेश छेत्री, उप सभापति अर्जुन छेत्री, कोषाध्यक्षा उमा गिरी लगायत सदस्यहरू उपस्थित रहेका थिए।

About Author

Advertisement