रोलु दिवस तयारीलाई लिएर सिङताम खाम्दोङ निर्वाचन क्षेत्रमा सभा

IMG-20241210-WA0224

गान्तोक: एसकेएम अध्यक्ष एवं मुख्यमन्त्री प्रेमसिंह तामाङको मार्गनिर्देशन तथा क्षेत्र विधायक एवं मन्त्री एनबी दाहालको विशेष निर्देशनमा आगामी २१ दिसम्बरमा पालन गरिने १६औं रोलु दिवस समारोहलाई लिएर एक समन्वय सभा सम्पन्न भयो। खाम्दोङ सिङताम निर्वाचन क्षेत्रका सीएलसी अध्यक्ष शेराप दोर्जी भोटियाको पहलमा आयोजना गरिएको यस समन्वय सभामा आगामी १६औं रोलु दिवसलाई भव्य र सभ्य ढंगमा सफल बनाउनुपर्ने विषयलाई लिएर छलफल भएको बताइएको छ। सभामा सिङताम नगर पञ्चायत अध्यक्ष सुरेश कुमार तामाङ, सबै पार्षदहरू, जिल्ला पञ्चायत, पञ्चायत, पार्टी कार्यकर्ता आदि उपस्थित थिए। सभामा रोलु दिवसलाई भव्यताका साथ सफल बनाउन सम्पुर्ण एसकेएम पार्टी पदाधिकारी एवं कार्यकर्ताहरूको जिम्मेवारी र दायित्वमाथि छलफल गर्नका साथै समष्टिले निर्वहन गर्नुपर्ने विविध दायित्व र जिम्मेवारीबारे पनि चर्चा परिचर्चा गरिएको जानकारी गराइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement