राजगञ्जमा चोरीका मोटरसाइकल सहित दुई जना पक्राउ

b76308b3-0f14-4d1f-9ac9-417b8e0dcad4-1024x576

राजगञ्ज: राजगञ्ज पुलिसले चोरी गरेको मोटर साइकलसहित दुई जनालाई पक्राउ गरेको छ। सोमबार साँझ राजगञ्ज थाना अन्तर्गत करतोआ मोडबाट मोटर साइकलसहित दुई जनालाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेका आरोपीहरूमा मन्जर आलम र हसीरुल मोहम्मद छन्। मन्जर चोपडा ब्लकको नाहरगछका र हसीरुल राजगञ्जको बलराम इलाका निवासी हुन्।
पुलिस सूत्रले दिएको जानकारी अनुसार, हिजो साँझ करतोआ क्षेत्रमा गस्ती गर्ने क्रममा राजगञ्ज थाना पुलिसले तीव्र गतिमा सिलगढीबाट आइरहेको मोटरसाइकललाई रोकेरशंका लागेपछि सोधपूछ गर्दा तिनीहरूले मोटरसाइकल चोरी गरेको कुरा स्वीकारेका थिए। त्यसपछि मोटर साइकलसहित दुवै जनालाई पक्राउ गरिएको हो। आज आरोपीहरूलाई जलपाइगढी जिल्ला अदालतमा पेश गरिएको छ। पुलिसले घटनाको बिस्तृत रूपमा
जाँचमा गर्ने बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement