सांसद शर्मा ले गृहमन्त्री माथि कटाक्ष

IMG-20241210-WA0141

काठमाण्डू: सत्तारुढ नेपाली कांग्रेसका सांसद सुनिल शर्माले गृहमन्त्री रमेश लेखकलाई प्रश्न गर्दै भने, ‘हिजो हामी सरकारमा थिएनौँ, अहिलेको गृहमन्त्री हाम्रो प्रमुख सचेतक पनि हुनुहुन्थ्यो। उहाँले हामी सबैलाई सदनको अगाडि बोलाएर नाराजुलुस गर्न लगाउनुभयो। ह्वीप जारी गर्नुभयो। अनि हामीले नाराजुलुस गर्‍यौँ, जीवी राई खोइ? किन पक्राउ गर्दैन? भनेर। अनि आफू गृहमन्त्री भएपछि पक्राउ गर्नुपर्ने दायित्व उहाँको हो कि होइन? किन पक्राउ नगरेको?’ शर्माले अघि भने- रवि लामिछानेलाई सरकारले ‘ह्यारेस’ गर्न खाेज्याे भनेर प्रश्न उठाएका छन्।

About Author

Advertisement