गुवाहाटी पुलिसब्दारा अन्तरराज्यीय वाहन चोर गिरोहको पर्दाफास

4220283-1

गुवाहाटी: गुवाहाटी पुलिसले अन्तरराज्यीय वाहन चोर गिरोहको पर्दाफास गरेको छ। समाचार श्रोतका अनुसार ती चोर गिरोहका सदस्यहरुको पहिचान मोहम्मद अब्दुल हनिफ शेख (३२, धुबड़ी), मोहम्मद रफिक अली (३०, सोनतली, कामरूप) तथा मोहम्मद जाकिर हुसैन (२७, बाघबर, बरपेटा)- को रूपमा भएको छ।
यिनीहरूलाई गरचुक थाना टीम र पश्चिम जयन्तिया हिल्स, मेघालयको एसओजीले पक्राउ गरेको हो।
पक्राउ पर्ने चोरहरूले पर्दाफास गरेको आधारमा गरचुक थानाको टीमले जोवाई, मेघालयका नाका शील गरेको थियो। सोही अनुरूप मेघालयमा बंगलादेश सीमा नजिक मेघालय पुलिसलको सहयोगमा थप तीनजना चोर तथा सुराक़ीलाई पक्राउ गरिएको थियो, जसको पहिचान डिबोर्मी अमरिनसोंग (२६) पश्चिम जयन्तिया हिल्स, मेघालय, टुनदाहुन मत्रा (२५) पश्चिम जयंतिया हिल्स, मेघालय तथा रिमिकी सुचिआग (२२) पश्चिम जयन्तिया हिल्स, मेघालयको रूपमा भएको छ।
सो घटनाको शुष्म जाँचबुझ पश्चात एउटा चोरीको रोयल एनफिल्ड (एएस- ०१एफजे- ७५६७) जोवाई बाईपासको एउटा गाउँभित्रबाट नियंत्रणमा लिइको छ। भारत-बंगलादेश सीमा संलग्न क्षेत्रमा मुक्तापुर थाना अन्तर्गत कारखाना गाउँबाट दुईवटा थप बाइक बरामद गरिएको छ, जसअनुसार एउटा बजाज एभेन्जर (एएस- ०१डीयू- २३५७) र अर्को रोयल एनफिल्ड (एएस- ०१ एफई-३४९६) रहेको छ। आरोपीहरूबाट ठूलो संख्यामा औजार र ताला भत्काउने उपकरणहरू पनि बरामद गरिएको थियो। सो घटनालाई लिएर पुलिसले जाँच गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement