बाक्लो हुस्सुका कारण बागडोगरा विमानस्थलमा उडान अवरुद्ध हुदा यात्रुहरु अलपत्र

images (11)

सिलगढी: तापक्रममा आएको गिरावटका कारण सिलगढीमा बाक्लो कुहिरो छाएको छ। बाक्लो कुहिरोका कारण मंगलबार बिहानै बागडोगरा विमानस्थलबाट विमान उडान र अवतरणमा कठिनाइ भइरहेको छ। जसका कारण हवाई यात्रुहरु अलपत्र परेका छन्। विमानस्थलमा बिहानैदेखि यात्रुको भीड लागेको छ।
बाक्लो कुहिरोका कारण आज बिहान भिजिबिलिटी कम भएको बागडोगरा एयरपोर्ट स्रोतका अनुसार हालसम्म १० वटा उडान विमानस्थलमा अवतरण भएका छैनन्। जसका कारण कोलकाता, बेंगलुरु, मुम्बई, हैदरावाद र दिल्लीको उडान आकाशमै छ। विमानस्थल स्रोतका अनुसार भिजिबिलिटी कम भए पनि दिन ढल्किँदै जाँदा उडान सेवा सामान्य हुने बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement