एफआईए कन्स्ट्रक्टर्स वर्ल्ड च्याम्पियनशीप जितेर कुश मैनीले इतिहास रचे

IMG-20241209-WA0254

अबु धाबी: भारतीय ड्राइवर कुश मैनीले यहाँ एफ२ कन्स्ट्रक्टर्स रेस जितेर भारतीय खेलहरूमा नयाँ इतिहास रचे। उनी एफआईए कन्स्ट्रक्टर्स वर्ल्ड च्याम्पियनशीप जित्ने देशका पहिलो खेलाड़ी बने। मैनीको निम्ति फर्मूला२-मा यो सीजन असाधारण रह्यो। यसअघि उनी यस रेसममा पोल पोजिशन हासिल गर्ने पहिलो भारतीय पनि बनेका थिए। मैनीले इनविक्टा रेसिंगको सफलतामा महत्त्वपूर्ण भूमिका निर्वाह गरे। यो टीम यस सीजनमा ५ पल्ट पोडियममा पुग्यो, जसमा हंगेरीमा पहिलो स्थान हासिल गर्नु पनि सामेल थियो। यस भारतीय ड्राइवरले जेद्दामा पोल पोजिशन हासिल गरेका थिए। यसरी उनले आफ्नो टीमको अभियानमा असाधारण आधारशिला राखे। यसरी इनविक्टा रेसिंगले मैनीको पूर्व टीम केम्पोस रेसिंगमाथि ३४.५ पोइण्ट्सको अन्तरले जीतको साथ सीजनको समापन गऱ्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement