विण्टर कप फूटबल टुर्नामेण्टः नर्थ बेंगल आर्म्ड पुलिसको पेनल्टी शूटआउटमा रोमाञ्चक जीत

photocollage_2024129222557677

दार्जीलिङ: दार्जीलिङ नजिक लोधोमामा जारी शहीद दिवाकर राई स्मृति नक्आउट विण्टर कप फूटबल टुर्नामेण्टमा नर्थ बेंगल आर्म्ड पुलिसले रोमाञ्चक जीत हासिल गऱ्यो। नव संगम क्लब, लोधोमाको तत्त्वावधानमा आयोजित यस टुर्नामेण्टअन्तर्गत स्थानीय मैदानमा सोमवार खेलिएको म्याचमा नर्थ बेंगल आर्म्ड पुलिसले जर्जियन युनाइटेड फूटबल क्लबविरुद्ध पेनल्टी शूटआउटमा ५-४-ले रोमाञ्चक जीत हासिल गऱ्यो। नियमित समयको खेलमा दुवै टीमले गोल गर्न सकेन। विजेता टीमका विंगर मिक रसाईलीलाई प्लेयर अव् द म्याच चयन गरियो। यस नाइन ए साइड टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ अनि फाइनल ३१ दिसम्बरमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथ ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथ २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

Advertisement