खरसाङ: खरसाङ महकुमा अन्तर्गत घैयाबारीको पगलाझोड़ा नजिक देवीझोड़ास्थित प्रभात संघद्वारा तीनधारे महानदी समष्टिको निर्वाचित सभासद नवराज छेत्रीलाई सम्मान जनाएका छन्। स्थानीय देवकुमार छेत्रीले सञ्चालन गरेको कार्यक्रममा सभासद नवराज छेत्रीलाई खदार्पणसहित सम्बर्ध्दना पत्र प्रदान गरी सम्मान जनाइएको छ। उनको सम्बर्ध्दना पत्र देवकुमार छेत्रीले पठन गरेका थिए। यस अवसरमा सम्पन्न सानो कार्यक्रमलाई सभासद नवराज छेत्री, तीनधारे महानदी समष्टिको युवा शक्तिको सभापति केवल राई र विद्यार्थी संगठनको सचिव शुभम प्रधानले पनि सम्बोधन गरेका थिए।

कार्यक्रममा देवीझोड़ाका युवाहरूले प्लास्टिकमुक्त गाउँ बनाउन अभियान शुरु गरेका छन् अनि विस्तारै ईको टुरिज्ममाथि कार्य गर्ने भएकोले उक्त कुरालाई सभासद नवराज छेत्रीले पनि सहयोग गर्ने भएको जानकारी प्राप्त भएको छ। सम्बर्ध्दना कार्यपछि सभासद नवराज छेत्रीले देवीझोड़ाका युवाहरूलाई सेप्टेम्बर महिनाको पहिलो सातातिर नै सम्बन्धित विभागका अधिकारीहरू बोलाएर आफ्नै खर्चमा सचेतना कार्यक्रम गरिदिने भएको देवकुमार छेत्रीले जानकारी दिएका छन्।









