स्पेनिश ला लीगाः सेविलेविरुद्ध एट्लेटिको म्याड्रिडको रोमाञ्चक जीत

IMG-20241209-WA0118

म्याड्रिड: स्पेनिश ला लीगा फूटबल प्रतियोगितामा एट्लेटिको म्याड्रिडले आफ्नो विजयाभियान जारी राख्दै रोमाञ्चक जीत हासिल गऱ्यो। आइतवार राति खेलिएको म्याचमा एट्लेटिको म्याड्रिडले सेविलेविरुद्ध ४-३-ले रोमाञ्चक जीत हासिल गऱ्यो। आफ्नो होम ग्राउण्ड रियाद एयर मेट्रोपोलिटानो स्टेडियममा ५८ प्रतिशत पोजेशनको साथ खेल्ने एट्लेटिको म्याचमा एक समय १-३-ले पछि रहेको थियो। चरम दबाउबीच होम टीमले फ्रान्सीसी फरवर्ड एण्टोनी ग्रीजम्यानको उत्कृष्ट प्रदर्शनको सहायताले असाधारण पुनरागमन गर्दै अन्तमा म्याच जित्यो। ग्रीजम्यानले पहिला ६२औं मिनट अनि पछिबाट इञ्ज्युरी टाइमको चौथो मिनटमा गोल गरी एट्लेटिकोलाई जीत दिलाए। यसबाहेक अन्य २ वटा गोल रोड्रिगो डी पल (१०औं मिनट) र सामुएल लिनो (७९औं मिनट)-ले गरे। यसरी एट्लेटिकोलाई कड़ा चुनौती दिने सेविलेबाट डोडी लुकेबाकियोले १२औं, इसाक रोमेरोले ३२औं र जुआनलु साञ्चेजले ५७औं मिनटमा गोल गरे। यस जीतपछि एट्लेटिको म्याड्रिड १६ वटा म्याचमा ३५ पोइण्ट्सको साथ ला लीगा टेबलको तेस्रो स्थानमा पुग्यो। यसरी नै एथलेटिक क्लबले भिल्लारियललाई २-०-ले पराजित गऱ्यो। होम ग्राउण्डमा ४२ प्रतिशत पोजेशनको साथ खेल्ने विजेता टीमबाट एटोर पारेदेशले १५औं र इनाकी विलियम्सले ६९औं मिनटमा गोल गरे। एथलेटिक क्लब १७ वटा म्याचमा ३२ पोइण्ट्सको साथ चौथो स्थानमा रहेको छ। यसरी पाँचौं स्थानमा रहने भिल्लारियलसँग २६ पोइण्ट्स रहेको छ। ला लीगाका अन्य म्याचहरूमा रियल सोसिएदादले लेगानेसलाई ३-०-ले पराजित गऱ्यो जबकि ओसासुना र अलावेसबीच खेलिएको म्याच २-२-ले ड्र रह्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement