विराटनगरमा ट्रकको ठक्करबाट पैदलयात्री ठहरै

IMG-20241209-WA0087

विराटनगर: विराटनगरमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। विराटनगर महानगरपालिका-७ हाटखोला बसपार्कनजिक दुर्घटना भएको हो।
विराटनगरबाट रंगेलीतर्फ जाँदै गरेको को १ ख ३४८० नम्बरको ट्रकले बाटो क्रस गर्दै गर्दा मोरङको कानेपोखरी गाउँपालिका घर भएका अन्दाजी २६ वर्षीय माने भनिने मानबहादुर लिम्बूलाई ठक्कर दिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए। उनका अनुसार दुर्घटनामा परेर लिम्बू गम्भीर घाइते भएका थिए।
उपचारका लागि कोशी अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरिदिएको डीएसपी जोशीले बताए। शवलाई पोस्टमार्टमका लागि कोशी अस्पतालमै राखिएको छ।ट्रकलाई नियन्त्रणमा लिइसकिएको र चालक फरार रहेकाले खोजी तीव्र पारिएको जानकारी जोशीले दिए। उनले घटनाको अनुसन्धान सुरु गरिएको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement