सोरेंगमा खुल्ला नक्आउट फूटबल टुर्नामेण्ट २२ दिसम्बरदेखि शुरु हुने

IMG-20241209-WA0109

दार्जीलिङ: सोरेंग अनएम्प्लोयड यूथको तत्त्वावधानमा २२ दिसम्बरदेखि खुल्ला नक्आउट फूटबल टुर्नामेण्टको आयोजन गरिनेछ। सोरेंग खेल मैदान, दार्जीलिङमा हुने यस सेवेन ए साइड फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १.५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टमा अंशग्रहण गर्न इच्छुक टीमहरूका निम्ति प्रवेश शुल्क ३ हजार रुपियाँ रहेको छ। अन्य जानकारीहरू आयोजक समितिद्वारा जारी सर्कुलरमा उपलब्ध रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement