जीटीएको भाइस चेयरम्यान राजेस चौहानद्वारा बन्द चियाबारीका नानीहरू पढ्ने सोनादा क्षेत्रका स्कूलहरूको भ्रमण

सोनादा: जीटीएको भाइस चेयरम्यान एंव रंगबुल धोतरिया मुण्डा समष्टिको क्षेत्रीय सभासद राजेस चौहानद्वारा सोनादा उच्चत्तर माध्यमिक विद्यालय र होली क्रस विद्यालयको भ्रमण गरेका छन्। विशेष उनले वर्तमानमा बन्द अवस्थामा बन्सल कम्पनी अधीनस्थ रहेको चियाबारीका नानाीहरू पढ्ने विद्यालयहरूमा पुगेर विद्यार्थीहरूका समस्याहरू विषयमा सोधपुछ गरेका छन्। बन्सल कम्पनी अधीनस्थ १० वटा चियाबारीहरू बन्द रहेको छ भने सभासद राजेस चौहानको आफ्नो समष्टीमा पर्ने तीनवटा चियाबारीहरू क्रमैले मुण्डा, रंगमुक र सिडर्स चियाबारीहरू पनि बन्द छन्। त्यसैले आफ्नो समष्टीमा रहेको तीनवटा बन्द चियाबारीबाट पढ्न आउने विद्यार्थीहरूलाई के के असुविधा भईरहेको र के के समस्याहरू भईरहेको भन्ने विषयमा बुझ्नलाई स्कूलहरूका भ्रमण थालेका छन्।

यसै क्रममा चौहानले आज सोनादा उच्चत्तर माध्यमिक विद्यालय र सोनादाको होली क्रस विद्यालयको भ्रमण गरेर यहाँ अध्ययनरत् विद्यार्थीहरूका समस्याहरू बुझेका छन्। यसावधि चौहानले स्कूलका विद्यार्थीहरूसित भेटघाट उनीहरूका समस्या पनि बुझेका छन् अनि समस्याहरू समाधान गरिदिने तथा अहिलेको बगान बन्द भएको कारणले नानीहरूको पढ़ाईमा कुनै समस्या नहोस् भनेर शिक्षार्जनमा सहयोग गर्ने वचन दिएका छन्। उनले सोनादा उच्चत्तर माध्यमिक विद्यालयको प्रधान अध्यापक कल्याणकुमार तामाङसित पनि भेटघाट गरेका छन्। यसावधि प्रधान अध्यापक कल्याण कुमार तामाङले सभासदको स्कूल भ्रमणलाई लिएर खुशी व्यक्त गरेका छन्।
उनले सभासद चौहानले आफ्नो क्षेत्रमा तीनवटा बगानहरू बन्द रहेकोले स्कूलमा रहेका विद्यार्थीहरू भर्ना गर्न नसकेकाहरूलाई सहयोग गर्ने तथा भर्ना गरिसकेकाहरूको पनि पैसा फर्काईदिने जनाएको बताएका छन् । उनले आफ्नो स्कूलमा ५०-६० प्रतिशत नानीहरू चियाबारी क्षेत्रबाट रहेको बताएका छन्। राजेस चौहानद्वारा अाजदेखि विभिन्न स्कूलहरूका भ्रमण शुरु गरेर बन्द चियाबारीका नानीहरू पढ्ने विद्यालयहरूमा पुगेर विद्यार्थीहरूका समस्याहरू विषयमा सोधपुछ गरेका छन् भने उनको यो भ्रमण जारी रहेको जानकारी प्राप्त भएको छ।

About Author

Advertisement