गान्तोक: सिक्किमका राज्यपाल ओम प्रकाश माथुरको मार्गदर्शन एवं नेतृत्वमा आज राजभवनमा सशस्त्र बल झण्डा दिवस पालन गरियो। मातृभूमिका लागि अतुलनीय बलिदान दिने, राष्ट्रको रक्षाका लागि आफ्नो जीवन समर्पण गर्ने शहीदहरू र सशस्त्र सेनाका वीर सदस्यहरू प्रति सम्मान गर्न सो दिवस वार्षिक रूपमा मनाइने गरिन्छ।
सो अवसरमा राज्य सैनिक बोर्डका पदाधिकारीहरूले राज्यपाललाई लेपल पिन लगाइदिए। राज्यपालले राजभवनको पक्षमा फ्ल्याग फण्डमा आफ्नो योगदान गरे।
राज्यपालले सशस्त्र बल झण्डा दिवसको महत्वमाथि चर्चा गर्दै देशको रक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बहादुर र शहीद जवानहरूलाई श्रद्धाञ्जली अर्पित गर्ने यस पवित्र अवसर रहेको बताए। उनले सशस्त्र बल समुदायप्रति कृतज्ञता व्यक्त गर्दै राज्य सैनिक बोर्डलाई उनीहरूका निरन्तर प्रयासको सराहना गरेका थिए।