सांसद ज्ञानेंन्द्र शाहीले रास्वपा सभापति रविको मानव अधिकारको रक्षा गर्न मांग

IMG-20241207-WA0207

काठमाण्डू: ज्ञानेन्द्र शाही लेख्छन्, “राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति माननीय रवि लामिछानेको मानव अधिकारको रक्षा गरियोस। कानुनी राज्यको पालना गर्नु हामी सबैको कर्तव्य हो यसको मतलब राज्य आतंकमा लाग्नु होइन? प्रहरी हिरासतमा रहेको मान्छेलाई पूर्ण स्वतन्त्रता सहित आफ्नो अभिव्यक्ति आफ्नो कानुन व्यवसायीलाई राख्न पाउने पूर्ण अधिकार हुन्छ। कसैको पनि अधिकार कुण्ठित गर्न पाइँदैन्। यदि यस्तो गरेको खण्डमा मानव अधिकारको गम्भीर उल्लङ्घन गरेको ठहरिनेछ। अन्यथा राज्य सञ्चालन गरिरहेका सञ्चालकहरू मानव अधिकारको गम्भीर उल्लङ्घन गरेर राज्य आतंक मचाउँछु भन्ने सोच राखेका छन् भने त्यो दिवा सपना मात्रै हो एकदिन सबैको पालो आउँछ पाई -पाई गरेर ऋण चुक्ता गरिनेछ।”

About Author

Advertisement