गान्तोक: भारतीय रिजर्भ ब्यांकको अन्तिम क्षेत्रीय चरणको क्वीज प्रतियोगिता भुवनेश्वरमा सम्पन्न भयो। आरबीआईले आफ्नो ९०औँ वर्षगाँठको अवसरमा प्रतियोगिता आयोजन गरेको छ। यसअन्तर्गत पाँचौं र अन्तिम क्षेत्रीय चरणको प्रतियोगिता भुवनेश्वरमा भएको थियो। यस चरणमा सिक्किमको पनि सहभागिता थियो। जसमा एनआईटी राउरकेलाका अर्पण चक्रवर्ती र दिव्यज्योति तराई विजयी बनेका छन्। अब विजेताले मुम्बईमा हुने फाइनल चरणमा भाग लिनेछन्। नरबहादुर भण्डारी डिग्री कलेज सिक्किम र राजीव गान्धी इन्स्टिच्युट अफ पेट्रोलियम टेक्नोलोजी, उत्तर प्रदेशका टोलीले क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गरेका थिए। शीर्ष तीन टोलीले क्रमशः ५ लाख, ४ लाख र ३ लाख रुपियाँ पुरस्कार हात पारेका छन्। उक्त प्र्तियोगिता विद्यार्थीहरुका लागि राष्ट्रव्यापीरुपमा सञ्चालन गरिएको थियो। क्षेत्रीय राउन्डमा बिहार, झारखण्ड, ओडिशा, सिक्किम, उत्तर प्रदेश र पश्चिम बंगालका राज्य-स्तरीय विजेताहरूको उत्साहजनक सहभागिता देखिएका थिए। यस अवसरमा बोल्दै, आरबीआईका कार्यकारी निर्देशक अविरल जैनले आरबीआई क्विज स्नातक विद्यार्थीहरूसँग संलग्न रहेको र वित्तीय प्रणालीमा आरबीआईले खेल्ने बहुआयामिक भूमिकाको बारेमा उनीहरूको ज्ञान बढाउनको लागि परिकल्पना गरिएको कुरा प्रकाश पारे। उनले ‘आरबीआई कहता है’ नामक मल्टिमिडिया अभियान जस्ता पहलहरू मार्फत वित्तीय चेतना अभिवृद्धि गर्न ब्यांकको प्रतिबद्धतालाई प्रकाश उजागर पारे। उनले युवा वयस्कहरूमा वित्तीय साक्षरताको महत्त्व र उनीहरूको परिवार र सामाजिक सर्कलहरूमा वित्तीय चेतना प्रवर्द्धन गर्न उनीहरूको भूमिकामाथि जोड दिए।