विश्व दिव्यांग दिवस पालन

Chhetriya-Samachar-1

मङ्पू: आज “लाब्दा खास प्राथमिक पाठशालाको मैदानमा “विश्व दिव्यांग दिवस’’ एकल तीन वटा पाठशालाको अगुवाईमा  अजय छेत्री  प्रधान अध्यापकको सभापतित्वमा विभिन्न खेलहरु सम्पन्न भयो। यस विषय दिव्यांग दिवसमा मन्यु क्षेत्रका वडाबाबु  रविन छेत्री, अनि अन्य कर्मचारीगण उपस्थित थिएl खेलकूद समारोहमा लाब्दा जुनिया हाई स्कूलका शिक्षक शिक्षिका अनि विभिन्न पाठशालाका शिक्षक शिक्षिकागण  उपस्थित थिए। विश्व दिव्यांग दिवसको विशेष रुपमा मङपू  सरस्वती  भष्मे प्राथमिक पाठशालाका छात्र  अनिरुद्र  राई उपस्थित थिएl खेलकुद समारोह संयोजक रविन छेत्री मङपू सर्कलले सबै खेलकूदमा भाग लिने नानीहरुलाई पारितोषिक वितरण गरेl  अन्त‌मा अजय छेत्री प्रधान शिक्षक लाब्दा खास प्राथमिक पाठशालाले दिव्यांग दिवास बारे वक्तव्य प्रस्तुत गर्दै उपस्थित सबैलाई  धन्यवाद दिएl

About Author

Advertisement