विविध समस्याहरुलाई लिएर खरसाङ व्यावसायिक संगठन अनि खरसाङ नगरपालिकामाझ सभा सम्पन्न

IMG-20241206-WA0241

खरसाङ: खरसाङ व्यावसायिक संगठन साथै खरसाङ नगरपालिकाका चेयरम्यान, भाइस चेयरम्यान समेत नगरपालिकाको अन्य प्रतिनिधिहरूमाझ खरसाङका विभिन्न समस्या अनि मुद्दाहरूलाई लिएर एउटा विशेष सभा सम्पन्न भयो। सभाको अवधि, खरसाङ व्यावसायिक संगठनका प्रतिनिधिहरूले खरसाङका व्यावसायिक सदस्यहरूले प्रत्यक्ष रूपमा अनि अप्रत्यक्ष रूपमा भोग्नु परिरहेको विभिन्न समस्याहरू विषयमा सभामा अवगत गराए। यस लगायत खरसाङलाई विभिन्न प्रकारले व्यवस्थित् साथै सुन्दरीकरणमार्फत् खरसाङकाे व्यवसायीलाई कुन प्रकारले अघि बढाउनु सकिन्छ भन्ने विषयमा चर्चा परिचर्चा पनि गरियो।
एउटा भिडियो जारी गर्दै खरसाङ व्यावसायिक संगठनका वरिष्ठ प्रतिनिधि अनि महासचिव राजेन्द्र प्रसाद अग्रवालले बताए अनुसार सभामा खरसाङ व्यावसायिक संगठनका सदस्यहरूले भोगिरहेको ट्रेड लाइसेन्स रेनियूकाे समस्या, पार्किंङ, नाला -झोडा, बाँदर, बिहिवारे हाट, फोहोर-मैला आदि विषय वस्तुमाथि वा समस्यामाथि आउँदो दिनहरूमा मिलेर संयुक्त रुपमा कार्य गरेर समस्याको सामाधान गर्नेछौं। अग्रवालले थप जनाए अनुसार, केवल यी विषयहरूको समस्यामाथि मात्र होइन तर खरसाङको व्यापार अनि सुन्दरीकरण अझ कुन प्रकारले अघि बढाउनु सकिन्छ भन्ने विषय वस्तुमाथि पनि जोर दिइएको अग्रवालले बताएका छन्। व्यावसायिक संगठनको पक्षबाट सुजन कुमाई, हिरेन त्रिखत्री, राजु सेवा, सल्लाहकार रमेश अग्रवाल, एमएल पञ्चम अनि संगठनका अध्यक्ष फिरोज अख्तर (बब्लु) आदि उपस्थित रहेका थिए। सभामा खरसाङ नगरपालिका अध्यक्ष ब्रिगेन गुरुङ अनि उपाध्यक्ष सुवास प्रधानले जनाए अनुसार व्यावसायिक संगठनका सातजना प्रतिनिधिहरूको एउटा टोलीसंग उनीहरूको सभा सम्पन्न भयो। सभामा कतिपय कारणहरू अन्तर्गत ट्रेड लाइसेन्स रिन्यु गर्न नसकेका व्यापारिक सदस्यहरूलाई कुन प्रकारले ट्रेड लाइसेन्स प्रदान गर्न सकिन्छ भन्ने विषयमा विभिन्न पक्षले चर्चा परिचर्चा गरियो। चर्चापछि सबैले नै ट्रेड लाइसेन्स बनाउनु पर्ने विषयमा दुवै पक्षको सहमति भयो। यसबाहेक सभामा व्यवसायिक संगठनका प्रतिनिधिहरुसंग फोहोर मैला उठाउने विषयमा भयालूएशन बोर्ड, खरसाङ शहरलाई सुन्दर अनि स्वच्छ साथै सफल बनाउने विषय वस्तु, दयनीय वा जर्जर अवस्थामा रहेको बहुतले निर्माण वा भवन विषयमा, बिहिवारे हाट आदि विषय वस्तुको व्यवस्थापन, पार्किङको समस्या साथै धेरै अघि देखि सबैले भोग्दै गरेको बाँदरको समस्या माथि पनि कुरा कानी भएको नगर अध्यक्ष गुरुङले जनाएको छन्। सभामा चाँडै नगरपालिकाका, व्यवसायिक संगठनका साथै अन्य सम्बन्धित सरकारी एवं गैर सरकारी संगठनका टोली खरसाङ वन विभागको टोलीसित भेटवार्ता गरेर यस विषयमा संयुक्त रुपमा अघि बढ्ने छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement