सिपसितास र हालेप पराजितपहिलो राउण्डको वाधा पार गर्न सफल सेरेना

३० अगस्तः टेनिस खेलबाट बिदा लिन गइरहेकी अमेरिकाकी दिग्गज महिला खेलाड़ी सेरेना विलियम्सले यूएस ओपन टेनिस च्याम्पियनशीपमा पहिलो राउण्डको म्याच जितिन्। यो उनको अन्तिम टुर्नामेण्ट पनि हुन सक्छ। विश्वकी पूर्व नम्बर एक खेलाड़ी सेरेनाले मोण्टेनेग्रोकी ८०औं ऱ्यांकिंग भएकी डंका कोविनिक विरुद्ध ६-३, ६-३-ले जीत दर्ता गरिन्। चालीस वर्षीय खेलाड़ीले यस जीतको साथै आफ्नो पहिलो राउण्डको म्याचमा जीतको रेकर्डलाई पनि कायम राखिन्। उनले यूएस ओपनमा पहिलो राउण्डको जम्मै २१ वटा म्याच जितेकी छन्। दर्शकहरूले भरिएको अर्थर ऐश स्टेडियममा सबैले वी लभ सेरेना-को नारा लगाइरहेका थिए। म्याचअघि २३ पल्टकी ग्राण्ड स्ल्याम विजेता सेरेनाको एउटा भीडियो पनि देखाइयो, जसमा उनका करियर अनि जीवनका उपलब्धिहरूलाई दर्शाइएको थियो। सेरेनाको म्याच हेर्न स्टेडियममा माइक टाइसन, ग्लेडिस नाइट र पूर्व राष्ट्रपति बिल क्लिण्टन पनि आएका थिए। सेरेनाले अब दोस्रो राउण्डमा एस्टोनियाकी दोस्रो वरीयता प्राप्त एनेट कोण्टावीट विरुद्ध खेल्नेछिन्। सेरेनाले १९९९-मा केवल १७ वर्षको उमेरमा यहाँ पहिलोपल्ट खिताब जितेकी थिइन्। म्याचपछि दर्शकहरूले उभिएर सेरेनाको अभिवादन गरे। म्याचपछि सेरेनाले भनिन्, म सदा आफ्नो सर्वश्रेष्ठ प्रदर्शन गर्न चाहन्छु। म यस कोर्टमा अनि यहाँ सबैको अघि धेरै सहज अनुभव गर्छु। आज म धेरै खुशी छु अनि यस क्षणलाई कहिले भुल्ने छुइनँ। के यूएस ओपन उनको अन्तिम टुर्नामेण्ट हुनेछ भन्ने प्रश्नको जवाफमा सेरेनाले भनिन्, यसबारे म अस्पष्ट छु। भविष्यबारे कसैले थाहा हुँदैन।

सालको चौथो तथा अन्तिम ग्राण्ड स्ल्यामको पहिलो दिन केही उलटफेर पनि भयो। विश्वकी पूर्व नम्बर एक खेलाड़ी सिमोना हालेप पहिलो राउण्डमै बाहिर भइन्। लुई आर्मस्ट्रंग स्टेडियममा खेलिएको म्याचमा रोमानियाकी हालेपलाई युक्रेनकी डारिया स्निगुरले आफ्नो सर्वश्रेष्ठ प्रदर्शन गर्दै तीन सेटमा ६-२, ०-६, ६-४-ले पराजित गरिन्। हालेप पहिलोपल्ट डारिया विरुद्ध खेलिरहेकी थिइन्। म्याचपछि २० वर्षीय डारियाले भनिन्, यो जीत युक्रेनको निम्ति, मेरो परिवारको निम्ति अनि ती सबै प्रशंसकहरूका निम्ति हो, जसले मलाई समर्थन गरे। तपाईंहरू सबैलाई धन्यवाद। यसको साथमा पुरुष एकलमा ग्रीसका स्टार खेलाड़ी स्टेफानोस सितसिपास पनि उलटफेरको शिकार बने। खिताब जित्ने प्रबल दावेदारहरूमा सामेल सितसिपासलाई कोलम्बियाका क्वालीफायर डेनिएल एलाही गलनले ६-०, ६-१, ३-६, ७-५-ले पराजित गरे। अन्य खेलाड़ीहरूमा गत च्याम्पियन बियांका एण्ड्रूस्कू, एण्डी मर्रे, दानिल मेदवेदेव र कोको गफ दोस्रो राउण्डमा पुग्न सफल भए।

About Author

Advertisement