मिरिकमा रक्तदान शिविरकाे आयाेजना गरिने

IMG-20241206-WA0234

मिरिक: भारतीय गाेर्खा प्रजातान्त्रिक माेर्चा अनि मिरिक नगरपालिकाकाे संयुक्त पहलमा आगमी ८ दिसम्बरकाे दिन मिरिक सार्वजनिक भवनमा रक्तदान शिविरकाे आयाेजना गरिने भएकाे छ। उक्त जानकारी गराउँदै युवा समाजिक कार्यकर्ता आशिष तामाङ अनि भारतीय गाेर्खा प्रजातान्त्रिक माेर्चा सियाेक गाेपालधारा ओकाइटी समष्टि अध्यक्ष एंव मिरिक पञ्चायत समिति सदस्य समीर राईले रगत दान सबै दानहरूमध्ये ठूलाे रहेकाे अनि कसैले दिएकाे रगतले कुनै राेगीले नयाँ जीवन पाउने हुनाले सबैलाई उक्त रक्तदान शिविरमा आएर रगत दान गरिदिने अनुराेध गरेका छन्। दुवैले शिविर बिहान १० देखि ४ बजीसम्म चल्ने जानकारी गराउँदै आवश्यक राेगीहरूले समयमा रगत पावाेस् अनि रगतकाे अभावकाे समस्या कसैलाई नहाेस भन्ने उद्देश्यले उक्त शिविरकाे आयाेजना गरिएकाे जानकारी गराएका छन्‌‌। दुवैले मिरिकका जनसाधरण, समाजिक संस्थाहरु सबैलाई उक्त शिविरमा उपस्थित भएर रगत दान गरिदिने अनुराेध गरेका छन्। दुवैलले रगतकाे अभाव भएकाहरूलाई हामीले ब्लड ब्याङ्कहरूद्वरा रगत उपलब्ध गराईदिने कार्य समेत गरिरहेका छाैँ भन्दै कस‌ैलाई पनि रगतकाे खाँचाे परे आफूहरूलाई सम्पर्क गर्न सक्ने बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement