सुकनामा गोर्खे मेलाको आयोजना गरिने

IMG-20241206-WA0231

खरसाङ: गोर्खाहरूको हराउँदै गरेको अस्तित्व अनि संस्कृतिलाई बचाएर राख्ने उद्देश्यले सुकुना क्षेत्रका युवाहरूको पहलमा आगमी २५ दिसम्बरदेखि १ जनवरीसम्म यहाको बीबी गुरूङ्ग उच्चत्तर माध्यमिक विद्यालय खेल मैदानमा गोर्खे मेलाको आयोजना गरिने भएको छ। यसबारे शुक्रवार यहाँ एक प्रेस भेला गरेर नितेन छेत्रीले पत्रकारहरूलाई जानकारी दिएका छन्। तिनले यस मेला आयोजनाको निम्ति सबैलाई सहयोग गरिदिने आग्रह पनि गरेका छन्। यस मेला आयोजनालाई लिएर एउटा मेला समितिको पनि गठन गरिएको जनाउँदै छेत्रीले सम्पूर्ण संघ संस्थाको पनि सहयोग भइरहेको बताए। मेला उद्धघाटन समारोहमा जीटीए कार्यपाल अनित थापाको पनि विशेष उपस्थिति हुने थप जानकारी दिएका छन्।

About Author

Advertisement