खरसाङ आदर्श विद्यालयमा वार्षिक पुरस्कार वितरण तथा बिदाई समारोह सम्पन्न

IMG-20241206-WA0229

खरसाङ: खरसाङ आदर्श विद्यालयमा वार्षिक पुरस्कार वितरण समारोह तथा बिदाई समारोह सम्पन्न भएको छ। यस अवसरमा आदर्श विद्यालयको पाँचौंदेखि दशौं श्रेणीसम्मको प्रथम हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको छ भने बाह्रौं श्रेणीका विद्यार्थीहरुलाई विद्यालयको तर्फबाट बिदाई दिइएको छ। त्यसरी नै विद्यालयको उत्कृष्ट विद्यार्थी र सदैव नियमित रुपमा विद्यार्थीलाई पनि पुरस्कार वितरण गरिएको छ। यस क्रममा विद्यालयको उत्कृष्ट विद्यार्थीको रुपमा एघारौं श्रेणीकीबविद्यार्थी अनिशा राईलाई उत्कृष्ट विद्यार्थीको रुपमा पुरस्कृत गरिएको छ भने नियमित विद्यार्थीको रुपमा सातौं श्रेणीको विद्यार्थी आयुष तामाङ र बाह्रौँ श्रेणीकी विद्यार्थी रोशनी तामाङलाई पुरस्कृत गरिएको छ।‌यसै क्रममा यसपालीको वार्षिक परीक्षामा प्रथम हुने विद्यार्थीहरु क्रमैले पाँचौं श्रेणीबाट अनिशा भुजेल, छैंटौं श्रेणीबाट हिमाल छेत्री, सातौं श्रेणीबाट लाफेल हेमराम, आठौं श्रेणीबाट सुभम तामाङ, दशौं श्रेणीबाट अभिनव प्रधान आदिलाई पुरस्कृत गरियो। कार्यक्रममा आदर्श विद्यालयको प्रधान अध्यापक निमा लेप्चालाई हालैमा विद्यालयको शिक्षक प्रभारीबाट प्रधान अध्यापक बनेकोमा साथै र भारत स्काउड एण्ड गाइडमा राज्य स्तरीय मेडल प्राप्त गरेकोमा विद्यालय पक्षबाट सम्मान जनाइएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै प्रधान अध्यापक निमा लेप्चाले विद्यार्थीहरुलाई पढाई साथै अनुशासनमा प्रोत्साहन गरेका छन्। उनले आफ्नो सम्बोधनमा विद्यार्थीहरुलाई शिक्षाको महत्त्व विषयमा बताएका छन्। यस वार्षिक पुरस्कार वितरण साथै बिदाई समारोहलाई दयाराम शर्माले सञ्चालन गरेका थिए भने स्वागत सम्भाषण विद्यालयको शिक्षक काउन्सिलको सचिव नवराज स्याङ्बोले राखेका थिए। कार्यक्रममा शिक्षिकाद्वय लक्ष्मी छेत्री र छिडेन भोटियाले नृत्य प्रस्तुत गरेका थिए। त्यसरी नै शिक्षकहरूको तर्फबाट गीत प्रस्तुत गरिएको थियो। कार्यक्रममा धन्यवाद ज्ञापन वरिष्ठ शिक्षिका सुभद्र खाइबाले राखेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement