३० अगस्तः राइजिंग स्टार स्पोर्टिंग क्लब, फेञ्चेटारको तत्त्वावधानमा प्रतिष्ठित दिपावली कप नक्आउट फूटबल टुर्नामेण्टको बाह्रौं संस्करण २४ सेप्टेम्बरदेखि शुरु गरिनेछ। स्थानीय फेञ्चेटार खेल मैदानमा हुने यस सेभेन ए साइड फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा २.५० लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा १.५० लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको फाइनल २१ अक्टोबरमा खेलिनेछ। टुर्नामेण्टमा अंशग्रहण गर्न इच्छुक टीमहरूका निम्ति प्रवेश शुल्क (सेक्युरिटी मनी) ५ हजार रुपियाँ तोकिएको छ। टुर्नामेण्टमा हिस्सा लिनको निम्ति टीमको नाम दर्ता गराउने अन्तिम मिति १८ सेप्टेम्बर रहेको आयोजक राइजिंग स्टार स्पोर्टिंग क्लबका सचिव बिनोद छेत्रीले बताएका छन्।
सम्पर्कः
पासाङ शेर्पा-९५९३६१०५९५
बिनोद छेत्री- ९५९३२१७५७२











