सिन्कोना गोल्ड कपः सिनाल्चु नाम्चीको रोमाञ्चक जीत

photocollage_202412420563015

कालेबुङ: मंगलधुरा कल्याण समिति, संगसीर कमानको तत्त्वावधानमा आयोजित सिन्कोना गोल्ड कप फूटबल टुर्नामेण्टमा सिनाल्चु नाम्चीले क्वार्टर फाइनलमा स्थान बनायो। मंगलधुरा खेल मैदानमा बुधवार भएको म्याचमा सिनाल्चु नाम्चीले लाटपञ्चर युनाइटेडविरुद्ध २-१-ले जीत हासिल गऱ्यो। विजेता टीमबाट फू हांग लिम्बुले दुवै गोल गरे। यसरी लाटपञ्चर युनाइटेडबाट इभानले गोल गरे। बिहीवार खेलिने म्याचमा डीएलडीपी सिक्किम र नर्थ बेंगल आर्म्ड पुलिसबीच भिड़न्त हुनेछ। यस सेवेन ए साइट टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १.५० लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको फाइनल २२ दिसम्बरमा हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement