कलेज जादै गरेकी किशोरीलाईबाटो छेकेर दुर्व्यवहार गर्ने मरिक पक्राउ

IMG-20241204-WA0174

धरान: सुनसरीको धरान ८ मा कलेज जान लागेको १७ वर्षीया किशोरीलाई एक पुरुषले बाटो छेकेर शारीरिक दुर्व्यवहार गर्ने प्रयास गरेको घटना सार्वजनिक भएको छ। कार्की थरकी पीडित किशोरी कलेज जानको लागि साथी कुरेर उभिएकी थिइन्। एक पुरुष व्यक्तिले किशोरीलाई घेरि, पाइन्टको चेन खोली लिङ्ग पक्रेर खेदाउने धरान ८ का ३२ वर्षिय शम्भु मरिकलाई पक्राउ गरेको छ। किशोरीको चिच्चाहट सुनेर छिमेकी मिना भण्डारी र उनका श्रीमान टीका प्रसाद भण्डारीले घटनालाई देखे र शम्भु मरिकलाई समात्न प्रयास गरे। किशोरी डर र त्रासमा रही भाग्न सफल भएकी थिइन्। भोलिपल्ट पनि पुरुषले घटना दोर्हाएको दुर्व्यवहारको प्रयास गरेको पीडितको जाहेरिमा उल्लेख छ।
घटनाबारे जानकारी पाएपछि, किशोरीले घर फर्केर आफ्नो परिवारलाई सूचना दिइन्। सिसी क्यामेराका फुटेजलाई साक्षीको रूपमा प्रयोग गरि धरान प्रहरिले अनुसन्धान सुरु गरेको छ।

About Author

Advertisement