नाबालिग छोरीसॅंग यौन दुर्व्यवहार

गान्तोक: एक पिताले आफ्नै नाबालिग छोरीसॅंग यौन दुर्व्यवहार गरेको घटना प्रकाशमा आएको छ। यस घटनाको सम्बन्धमा पुलिसले आरोपित पितालाई पक्राउ गरेको छ। पुलिस रिपोर्टअनुसार, यो घटना सदर थाना क्षेत्र अन्तर्गत देवरालीको हो। स्थानीय एक व्यक्तिले आफ्नै छोरीसॅंग यौन दुव्यर्वहार गर्दै आएका थिए। यस विषयमा कसैलाई बताएको खण्डमा नराम्रो परिणाम भोग्नु पर्ने धम्की आरोपितले नाबालिगलाई दिएका थिए।
तर, आइतवारका दिन आमाले छोरीलाई आघातग्रस्त स्थितिमा पाएपछि सोधपुछ गरिन्। यसपछि, नाबालिगले आफुमाथि भइरहेको घटनाबारे आमालाई जानकारी दिइन्। ११ वर्षीय नाबालिगले बुबाद्वारा आफुमाथि लगातार यौन दुर्व्यवहार गरिएको खुलासा गरिन्।
छोरीले आफुमाथि बितेका घटनाहरू सुनाएपछि आमाले पति विरूद्ध थानामा प्राथमिकी दर्ता गरिन्। पुलिसले आरोपित विरूद्ध आईपीसीको धारा ३७६/५०६ र पोक्सो अधिनियम, २०१२ अन्तर्गत मामिला दर्ता गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement