गान्तोक: दक्षिण जिल्लाको नामथाङ रातेपानी निर्वाचन क्षेत्र अर्न्तगत काब्रे गाँउस्थित श्री सत्य साई शिवलया मन्दिर परिसरमा हिन्दुहरूको पवित्र अनि महान चाड तिज डो हर्षो-उल्लासको साथमा पालन गरियो।
आजको यस कार्यक्रममा मुख्य अथितिको रूपमा मंन्त्री सञ्जीत खरेलकी धर्मपत्नी आशा खरेल रहेकी थिइन् भने, बिशिष्ठ अथितिको रूपमा सिकिक्म सरकारको आरडीडी. विभागका ओएसडी बिमल खरेल, दक्षिण जिल्ला युवा उपसंयोजक हरूण सुब्बा लगायत स्थानीयहरूको उपस्थिति रहेको थियो। यस कार्यक्रम शिवको पूजा अर्चना गरेपछि तिज पर्वको शुभ आरंम्भ गरियो। सोही प्रकारले आज तिमी नामफिङ क्षेत्रको आदर्श गाउँ मा तीज पर्व भव्यताको साथमा आयोजन गरियो। आजको तीज कार्यक्रममा मुख्य थितिको रूपमा फिल्म बोर्डका अध्यक्ष पूजा शर्मा उपस्थित थिइन् भने मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङकी धर्मपत्नी पेमा भुटिया विशिष्ट अतिथि रूपमा उपस्थित थिइन्। दीप प्रज्ज्वलन गरी सुरु गरिएको कार्यक्रममा क्षेत्रका विभिन्न कलाकारहरुले संस्कृतिक कार्यक्रम प्रस्तुत गरे। कार्यक्रममा मुख्यमन्त्रीकी धर्मपत्नी कृष्ण राईद्वारा पठाइएको उपहारहरु पनि क्षेत्रका वृद्ध आमा बुबा हरूलाई हस्तान्तरण गरियो। यसका साथै कार्यक्रममा क्षेत्रका आमाहरूलाई पनि अथितिहरुको बाहुलीबाट प्रदान गरियो। कार्यक्रमलाई सम्बोधन गर्दै मूख्य अतिथि शर्माले राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वमा नारी उत्थान कार्यक्रम अनि योजनाहरूबारे जानकारी गराए। तीज आयोजक समितिका मुख्य संयोजिका सृजना सुब्बाले यो कार्यक्रम भव्यरूपमा सफल भएकोमा आभार व्यक्त गरिन्।











