खरसाङ: भारतीय दलित साहित्य अकादमीबाट प्रदान गरिने डा. अम्बेडर पुरस्कार यसपाली खरसाङ दमाई समाजको सभापति प्रकाश सेवालाई पनि प्रदान गरिने भएको छ। प्रत्येक वर्ष दलित साहित्य अकादमीबाट डा. अम्बेडकर पुरस्कार प्रदान गरिन्छ। यस वर्ष विभिन्न व्यक्तिहरुसितै दमाई समाज खरसाङको सभापति प्रकाश सेवालाई पनि डा. अम्बेडकर पुरस्कार प्रदान गरिने भएको छ। प्रकाश सेवा खरसाङको वार्ड नम्बर १० अन्तर्गत बुध्द ग्राम निवासी हुन्। उनलाई डा. अम्बेडकर पुरस्कार प्रदान गरिने कुरालाई दमाई समाज खरसाङको तर्फबाट बधाई तथा शुभकामना प्रदान गरिएको छ। यस विषयमा दमाई समाज खरसाङको महासचिव दिपेन सेवाले सभापति प्रकाश सेवालाई डा. अम्बेडकर पुरस्कार प्रदान गरिने कुराले सबैजना खुशी रहेको अनि दमाई समाज खरसाङको सम्पूर्ण कार्यकारीणी समितिद्वारा बधाई तथा शुभकामना प्रदान गरिएको छ।