विभिन्न मागहरू लिएर आदिवासी गोर्खा संयुक्त समितिले पञ्चायतका प्रधानलाई बुझायो ज्ञापन

Chhetriya-Samachar

सिलगढी: आज (४ दिसम्बर) आदिवासी गोर्खा संयुक्त समितिको केन्द्रीय समिति,ओदलाबारी शाखा पत्थरझोडा शाखा, तोरीबारी भिलेज शाखा, मानाबारी चियाबारी शाखाका प्रतिनिधीहरुले ओदलाबारीका जलपाईगढी तृणमूल जिल्ला महासाचिव तमाल घोष तथा ओदलाबारी ग्राम पञ्चायतका प्रधानलाई ग्राम पञ्चायत कार्यलयमा गएर भेट गरे। ओदलाबारी ग्राम पञ्चायत क्षेत्र ओदलाबारी, पत्थरझोडा, तोरीबारी, मानाबारीमा लागिएको प्रत्येक सरकारी कार्यलय, ग्राम पञ्चायत कार्यलयका सरकारी  साइन बोर्डहरू, अन्य  बोर्डहरु तुरुन्तै नेपाली भाषा देवनागिरीमा पनि लेखियोस् साथै नेपाली भाषामा पनि सरकारी निर्देश वा निर्देशिका प्रकाशित होस् भने आगोससका केन्द्रीय अध्यक्ष सघन  मोक्तान, उपाअध्यक्ष कुशल प्रधान र  ओदलाबारी शाखाका गणेश राई, अमृता राई, रुपा राई, दिपा लामासित, पत्थरषझोडा शाखाका अध्यक्ष मनोज प्रधान, कृष्ण बराईली, शमशेर वराइली,मानाबारी शाखाका नेत्र शर्मा, तोरीबारी शाखाका लाक्पा लामा, कमल लामा र अन्य २२ जना प्रतिनिधिहरूले तमाल घोषकालाई ज्ञापन बुझाए।

सघन मोक्तानले एक प्रेस विज्ञप्ति जारी गरेर यसरी बताएका छन्, ‘‘ओदलाबारी ग्राम पञ्चायत भारत स्वतन्त्र भएको धेरै पछी अस्तित्वमा  आएको हो। १८७८ तिर ओदलाबारी ग्राम पञ्चायत क्षेत्रका चियाबारीहरु  स्थापना भएको मानिन्छ। यहाँ मुख्यतः गोर्खा समुदाय र आदिवासी समाजले शताब्दीऔंदेखि काम गरिरहेको छ। वर्तमानमा हाम्रो चियाबारीको करिब ७५ प्रतिशत नागरिक शिक्षित छन्। ओदलाबारी ग्राम पञ्चायत क्षेत्रका चियाबारी र चियाबारी बाहिरका प्रत्येक नागरिकले बोलने भाषा नै नेपाली भाषा हो, सादरी हो। यहाँको भवाना, संवेदना, लेखा जोखा गर्ने भाषा, संवाद आदान प्रदान गर्ने भाषा नै नेपाली र सादरी भाषा हो। हाम्रो नेपाली भाषा (देवनागरी लिपी) पश्चिम बंगाल राज्यको दोस्रो आधिकारिक भाषा हो। पश्चिम बंगाल सरकारले सन् १९६४ मा नै नेपाली भाषालाई मान्यता प्रदान गरी यसलाई राज्यको राजकीय भाषा घोषणा गरेको छ। साथै, भारत सरकारले २० अगस्त १९९२ मा नेपाली भाषालाई मान्यता दिँदै भारतीय संविधानको आठौं अनुसूचीमा समावेश गरी यसलाई भारतीय भाषाका रूपमा सम्मानित गरेको छ। सादरी भाषाको लिपी बनिएको छ। यहाँका आदिवासी समुदायले आफ्नो उपजातीय सादरी भाषा बोलने गर्छ। यद्धपि आदिवासी समुदायले हिंदी भाषा नै प्रयोग गर्ने गर्छ। हिंदी र नेपाली भाषाको मूल स्रोत संस्कृत हो। दुवै भाषाको लिपी पनी देवानागिरी नै हो। यसर्थ सरकार प्रत्येक निर्देशिका, निर्देश र बोर्डहरु नेपालीमा पनि लेखिए दुवै समुदायलाई बुझ्न सहज  हुनेछ। यस सन्दर्भमा, हाम्रो मातृभाषाको संरक्षण र सम्मानका लागि, पश्चिम बंगाल राज्य अधिनस्त ओदलाबारी चियाबारीमा रहेका प्रत्येक साइन बोर्डहरू नेपालीमा लेख्नको लागि अनुरोध गर्दै आज एक ज्ञापन चढाए। यस  प्रकारको पहल अन्य बगान अनि ग्राम पञ्चायत क्षेत्रमा गरीदिने आग्रह गरे। अर्को ज्ञापनमा ओदलाबारी चियाबारी, पत्थरझोडा चियाबारी, तोरीबारी भिलेज र मानाबारी चियाबारीको पर्यटन र पर्यटक बढाउनलाई  पश्चिम बंगाल सरकारको चाय सुन्दरी प्रकल्प अनुरुप यसलाई बढावा दिन निम्नलिखित चियाबारीमा आई लव ओदलाबारी, आई लव तोरीबारी, आई लव पत्थरझोडा, आई लव मानाबारी, सोलर लाइट साईंनबोर्ड लगाउने ज्ञापनपत्रमा ओदलाबारी ग्राम पञ्चायत एंव तृणमूल जिल्ला महासचिवलाई अपील गरे।‘’

About Author

Advertisement