सोरेङ: आज राष्ट्रिय खेलकुद दिवसको अवसरमा आज सोरेङ जिल्लाको खेलकुद एवं युवा मामिला विभागले ‘मुख्यमन्त्री एक माइल दौड’ कार्यक्रम आयोजन गऱ्यो। उक्त कार्यक्रममा सोरेङ ब्याडमिन्टर एसोसिएसन (एसबीए)-का अध्यक्ष अम्बर गुरुङ अतिथिको रूपमा उपस्थित थिए।
यसरी नै सोरेङ उच्चतर माध्यमिक विद्यालयका प्राचार्य डा. पीबी छेत्री, एसबीए प्रमुख समन्वयक लोब्जाङ तामाङ, महासचिव (साबा) पारुहाङ सुब्बा, सिङलिङ स्पोर्टिङ क्लबका अध्यक्ष अभिषेक पाण्डे, डीपीओ (जिल्ला) दिलिप शर्मा, खेलकुद एवं युवा मामिला विभागका उप-निर्देशक दिलिप छेत्री र सहायक निर्देशक मनिता गुरुङ साथै सोरेङ ब्याडमिन्टन एसोसिएसनका अन्य सदस्यगणको कार्यक्रममा सहभागिता थियो।
स्वतन्त्रताको अमृत महोत्सवलाई जोडेर फिट इण्डियाको ब्यानरमा सम्पन्न कार्यक्रममा मुख्यमन्त्री एक माइल दौड अतिरिक्त योगा, जुम्बा डान्स र अन्य स्पोर्ट्स इभेन्टलाई पनि समावेश गरिएको थियो।
उल्लेख्य, हाकीका जादुगरले प्रसिद्ध पद्मभूषित पूर्व भारतीय हाकी कप्तान र तीनपल्ट ओलम्पिक स्वर्ण पदक विजेता मेजर ध्यानचंदको जन्मदिनलाई राष्ट्रिय खेलकुद दिवसको रूपमा देशव्यापी पालन गरिन्छ। वहाँको जन्म २९ अगस्ट, १९०५-मा उत्तर प्रदेशको प्रयागराजका भएको थियो।