राजगञ्ज: पिच ड्रमको आडमा गाईवस्तु तस्करी गर्ने प्रयास भएको थियो। राजगञ्ज प्रहरी चौकीले लरी चालकलाई १५ वटा गाईवस्तुसहित तस्करी गर्नुअघि पक्राउ गरेको थियो। आरोपी चालकको नाम साहिदुल इस्लाम हो।उनी आसामका बासिन्दा हुन्। गोप्य सूचनाको आधारमा बुधबार बिहान सिलगढी-जलपाईगुडी राष्ट्रिय राजमार्गको राजगञ्ज नजिकैको बन्धुनगर क्षेत्रमा प्रहरीले पिच ड्रमले भरिएको लरीलाई रोकेर खोजी तलाशी गरेका थिए।सो क्रममा लरीबाट १५ वटा गाईवस्तु बरामद भएको छ। जस मध्ये एक गाई मृत फेला परेको थियो।
त्यसपछि प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको छ।

प्रहरी स्रोतका अनुसार गाईवस्तुलाई बिहारबाट असम लगिएको थियो। राजगञ्ज प्रहरी चौकीले अहिले घटनाको अनुसन्धान सुरु गरेको छ।