स्वीडनको समुद्र तटमा समुद्री डुंगामा भीषण आगलागी

नयाँ दिल्ली: स्वीडनको समुद्र तटमा ठूलो दुर्घटना भएको छ। त्यहाँ तीन सयजनालाई लगिरहेको एउटा समुद्री डुंगामा भीषण आगो लाग्यो। अधिकारीहरूले घटनाको पुष्टि गरी बचाव कार्य शुरू गरिएको बताएका छन्। मीडिया रिपोर्ट्सअनुसार स्वीडनको समुद्र तटमा गोट्सका सैन्डोन द्वीप नजिक एक ठूलो डुंगा स्टेना स्केन्डिकामा तीन सयजना सवार थिए। अचानक उक्त डुंगामा आगो लाग्यो। आगो र धुआँले डुंगाभित्र अफरातफरी मचियो। डुंगाभित्र उपलब्ध अग्निशमन उपकरणहरूद्वारा आगो निभाउने प्रय़ास असफल रह्यो। अधिकारीहरू अनुसार, उक्त डुंगा एक कार फेरि थियो, जसमा यात्रीहरूको साथ वाहनहरूको परिवहन पनि भईरहेको थियो। डुंगा स्वीडनको समुद्र तटतिर गइरहेको थियो अनि त्यसमा तीन सयजना सवार थिए। अधिकारीहरू उनीहरूलाई बचाउने प्रयासमा जुटेका छन्।

तीन सयजनाको जिन्दगी खतरामा देखेर स्वीडनमा मानिसहरू खासै चिन्तित नजर आईरहेका छन्। सोशल मीडियामा मानिसहरूले यस खबरको जानकारीको साथै अधिकारीहरूसित धेरैभन्दा धेरै जनालाई बचाउने अपील गरे। अधिकारीहरू अनुसार अचानक लागेको आगोले मानिसहरू भयभित छन्। राहत र बचाव कार्य शुरू गरिएको छ। अधिकाधिक मानिसहरूलाई बचाउने प्रयास जारी छ। स्वीडिश मेरीटाइम एडमिनिस्ट्रेशनका प्रवक्ता जोनल फ्रेनजेनअनुसार तीन हेलिकप्टर र सात डुंगा बचाव कार्यको निम्ति पठाइएको छ। तत्काल कोही हताहत भएको वा आगो लागेको कारणहरूको जानकारी पाउन सकिएको छैन। एक अन्य प्रवक्ता लीजा म्जार्निङले आगो निभाइएको जनाएकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement