गान्तोकमा ‘मुख्यमन्त्री एक माइल दौड’ प्रतियोगिता आयोजित

गान्तोक: पूर्व हकी खेलाडी मेजर ध्यानचन्दको जन्म दिवसको अवसरमा प्रत्येक वर्षको २९ अगस्तको दिन उनको योगदानलाई कदर गर्दै स्मरण गरिन्छ। आज देशको विभिन्न राज्यले उनक जन्मदिनलाई राष्ट्रीय खेलकूद दिवसकोरूपमा पालन गर्ने गर्दछन् भने सिक्किमले पनि यो प्रत्येक वर्ष पालन गर्दै आइरहेको छ। यसै क्रममा आज राजधानीस्थित व्हाइट हलमा पनि राष्ट्रीय खेलकूद दिवसको ‘मुख्यमन्त्री एक माइल दौड’ कार्यक्रम पालन गरियो। यस अवसरमा खेलकूद एवं युवा मामिला विभागका सल्लाहकार मेगनाथ सुब्बा रहेका, भने विभागका सचिव कर्मा आर बन्पो लगायत अन्य अधिकारीवर्गको पनि उपस्थिति रहेको थियो।

उक्त कार्यक्रम अन्तर्गत जुम्बा, वुसु प्रदर्शनी पनि गरियो भने खेलकूदको क्षेत्रमा योगदान पुऱ्याउने विभिन्न व्यक्तित्वलाई सम्मान पनि जनाइयो। यस कार्यक्रमलाई सम्बोधन गर्दै विभागका सचिव कर्मा आर बन्पोले यस प्रकारको अवसरलाई खेलडीहरूले पेशाकोरूपमा लिएको खण्डमा भविष्य उज्जवल रहने जानकारी गराउँदै खेलाडीहरूमा अनुशासन, मेहनत अति नै महत्वपूर्ण रहने बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement