खरसाङको लङ्भ्यूको प्लेन लाइन अनि पाँच नम्बरमा युवा शक्ति गठन

IMG-20241202-WA0209

खरसाङ: खरसाङको लङ्भ्यू चियाबारी अन्तर्गत प्लेन लाइन अनि पाँच नम्बर गाउँमा भागोप्रमोको यु़वा शक्ति शाखा समिति गठन गर्न आइतवार एक जरुरी सभा प्लेन लाइन सार्वजनिक भवनमा समष्टि सभापति साथै सन्त मेरिज तीन ग्राम पञ्चायत प्रधान मणिराज डुम्जनको सभापतित्वमा सम्पन्न भयो। समिति सदस्य मौसम लामाले सञ्चालन गरेको सभालाई समष्टि कार्यकारी सभासद कल्पना प्रधान, समिति सदस्य मौसम लामा, सन्त मेरिज तीन ग्राम पञ्चायत प्रधान मणिराज डुम्जन, युवा शक्ति केन्द्रीय समिति उपाध्यक्ष साथै खरसाङ महुकमा समिति युवा शक्ति कार्यकारी सचिव अनुप गदाल, समष्टि प्रचार प्रसार सचिव जिनोद परियार आदिले सम्बोधन गरेका थिए। सभालाई सम्बोधन गर्दै समष्टि कार्यकारी सभासद कल्पना प्रधानले आज लंगभ्यू क्षेत्रमा युवा शक्ति गठन कार्यले संगठनमा नयाँ उर्जा आएको जनाइन्। तिनले युवा शक्तिलाई संगठित भएर अनि अनुशासनमा रहेर कार्य गर्ने सुझाव दिइन्। आजको युवा जमात भोलिको देशको कर्णधार रहेको सम्बोधनमा जनाइन्। समष्टि सभापति साथै सन्त मेरिज तीन ग्राम पञ्चायत प्रधान मणिराज डुम्जनले आफ्नो सम्बोधनमा युवा शक्ति नवनिर्वाचित सदस्यगणलाई शुभकामना व्यक्त गर्दै आफ्नो गाउँ घरलाई सुधार गर्ने जिम्मेवारी पार्टीले आफूलाई दिएको सम्झेर पार्टी हितमा कार्य गर्ने सुझाव दिए। युवा शक्ति केन्द्रीय समिति उपाध्यक्ष अनुप गदालले आफ्नो सम्बोधनमा युवा शक्ति संगठनको मेरूदण्ड रहेको र युवा शक्तिले संगठित एवं अनुशासन रहेर कार्य गर्न पर्ने सुझाव दिए। समष्टि प्रचार प्रसार सचिव जिनोद परियारले आफ्नो सम्बोधनमा आज चयन भएका युवा शक्ति नवनवनिर्वाचित सदस्यगणलाई बधाई एवं शुभकामना टक्राउँदै आगामी दिनहरूमा संगठनको हितमा कार्य गरिदिने अनुरोध गरे। युवा शक्ति प्लेन लाइन शाखाका सभापति पदमा बिक्की लामा, सचिव सचिन घिसिङ, उपाध्यक्ष उर्गेन लामा, सहसचिव नितेस घिसिङलाई सर्वसम्मतिले चयन गरियो भने पाँच नम्बर शाखाका सभापति रोहन कुजुर, सचि़व निहाल राई, उपसभापति अमन थापा, सहसचिव पदमा जोन तिग्गालाई सर्वसम्मतिले चयन गरियो। प्लेनलाईन आदिवासी युवा शक्ति सभापति राजीव भरा, सचिव रोहित टोप्पो, उपाध्यक्ष सन्तोस कुजुर, सहसचिव पदमा पिटर स्यानडिललाई चयन गरियो। सभामा लंगभ्यू युनिट युवा शक्ति संयोजक निसान गोले, बिजय सुनुवार, अस्पताल लाइन गुर्दुम बस्ती युवा शक्ति सभापति, सचिव साथै ग्रामबासीको बाक्लो उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement