अनुसूचित जाति सयुंक्त मञ्च प्रतिनिधिहरूको अनित थापासित भेट

IMG-20241202-WA0208

खरसाङ: अनुसूचित जाति सयुंक्त मञ्च, दार्जिलिङ जिल्ला समितिका प्रतिनिधिहरूले सोमवार गोर्खाल्याण्ड क्षेत्रिय प्रशासन प्रमुख कार्यपाल अनित थापासित भेट गरे। सयुंक्त मञ्चका महासचिव राजेश गजमेरको अगुवाईमा गएका प्रतिनिधि टोलीले आगमी २२ दिसम्बर २०२४ को दिन सुकना खेल मैदानमा हुन लागि रहेको अनुसुचित जाति (कामी, दमाई अनि सार्की) को प्रथम राष्ट्रिय महा अधिवेशनको निमन्त्रणा दिँदै यस राष्ट्रिय महाधिवेशनबारे जानकारी गराए। प्रमुख कार्यपाल अनित थापाले यस अधिवेशनबारे सकारात्मक पक्ष राख्दै आफू यसमा उपस्थित रहने वचन दिए। प्रतिनिधि टोलीमा अनुप रामुदामु, लिला सिंग सिलाल, सञ्जय पोर्तेल, अभिनाश मोथे, महिपाल खाती, सुष्मा सिंग, प्रतिमा खाती, बन्धना साहसंकर रहेका थिए।

About Author

Advertisement