अखिल भारतीय नेवार संगठन केन्द्रीय समितिद्वारा जीटीएको प्रमुख कार्यपाल अनित थापासित विभिन्न मांगहरु लिएर बैठक सम्पन्न

IMG-20241202-WA0190

खरसाङ: अखिल भारतीय नेवार संगठन केन्द्रीय समितिको नेतृत्वमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित कुमार थापालाई खरसाङको गिद्ध पहाडस्थित सचिवालय कार्यालयमा महत्वपूर्ण बैठक गरिएको छ।‌ जसको नेतृत्व केन्द्रीय अध्यक्ष एसएन प्रधान एंव वरिष्ठ अधिवक्ता डीके प्रधानले गरिएका थिए। आजको बैठकमा राङभाङ्ग आञ्चलिक समिति, मिरिक सौरेनी आञ्चलिक समिति, दार्जिलिङ आन्चलिक समिति, खरसाड आञ्चलिक समिति, सालबारी, पानीघट्टा, रंगटङ्ग, रोहिणी सबै क्षेत्रबाट प्रतिनिधिहरु उपस्थित रहेका थिए। उक्त भेटघाटमा ११ वटा जात-गोष्ठीहरूलाई केन्द्र अनुसूचित जनजातिमा अन्तभुक्त गराउन केन्द्रलाई राज्य सरकारको सिफारिस गराउन जीटीए प्रमुख कार्यपालको भूमिका विषयमा छलफल गरिएको छ।‌ त्यसरी नै दार्जिलिङ्गमा नेवार संगठन खाली जगामा नेवार भवन निर्माणका लागि, खरसाडको पौराणिक श्री भीमेश्वर मन्दिर एंव भवनको निर्माण गरिनु पर्ने मांग गरिएको छ।‌ त्यसरी नै बंगालकी मुख्यमन्त्रीले जात-गोष्ठीहरू विकास बोर्डको फेरबदल घोषणसलाई स्वागत गर्दै नेवार बोर्डको अध्यक्ष एंव सदस्यहरूमा अखिल भारतीय नेवार संगठनकै सदस्यहरू समावेश गरिदिने कारण अखिल भारतीय नेवार संगठन ५ वटा राज्य समिति एंव महकुमा स्तरीय धेरै आञ्चलिक समितिद्धारा गठन गरिएको छाता संगठन हो। यसर्थ यसलाई नै मान्यता दिने अनुरोध गरिएको छ। जीटीएको प्रमुख कार्यपाल अनित थापाले ११ जात गोष्ठीहरूको सभा बोलाएर बलियो कमिटी बनाउने उक्त कमिटीको कार्य प्रणालीमा सहयोग गर्ने वचन दिएको जानकारी गराइएको छ।

नेवार भवन एंव खरसाङ भीमेश्वर मन्दिर भवन निर्माण कार्यमा सहयोग गरिने वचन दिएका छन्।
नेवार विकास बोर्ड गठन गरिन्दा अखिल भारतीय नेवार संगठन सदस्यहरूलाई पनि समावेश गरिने बचन दिएकाे बताउँदै उक्त जानकारी केन्द्रीय अध्यक्ष सूर्यनारायण प्रधानले दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement