बंगलादेशमा पक्राउ परेका धर्मगुरुलाई रिहा गर्न हिन्दू जागरण मञ्चले निकाल्यो विरोध जुलुस

IMG-20241202-WA0165

जलपाईगढी: हिन्दू जागरण मञ्चले विरोध जुलुस निकालेर बंगलादेशमा पक्राउ परेका धर्मगुरुलाई रिहा गर्न र अल्पसंख्यक हिन्दूमाथि हुने अत्याचार रोक्न माग गर्दै ज्ञापनपत्र बुझाएको छ।  बंगलादेशमा पक्राउ परेका धार्मिक नेताको रिहाइको माग गर्दै हिन्दू जागरण मञ्च र आम जनताले जलपाईगढीको सडकमा विरोध जुलुस निकाले। हालै बंगलादेशको कार्यवाहक सरकारले अन्तर्राष्ट्रिय कृष्णभक्त संगठन इस्कोनका चिन्मय दास प्रभुलाई पक्राउ गरी जेलमा राखेपछि उनको रिहाइको माग गर्दै पश्चिम बंगाललगायत भारतका विभिन्न राज्यमा विरोध प्रदर्शन भइरहेका छन् जुलुसहरु भइरहेका छन्। चिन्मयदास प्रभुको रिहाइको माग गर्दै आज शहरको बाबुघाटबाट कडा पुलिस  सुरक्षामा विरोध जुलुस निकालिएको छ। जुलुसमा बंगलादेश सरकारले पक्राउ गरेका हिन्दु भिक्षु चिन्मय दास प्रभुलाई तत्काल रिहा गर्न माग गर्दै नाराबाजी गरियो।

जुलुसको अन्त्यमा हिन्दू जागरण मञ्चको तर्फबाट जिल्लापाललाई ज्ञापनपत्र बुझायो। हिन्दू जागरण मञ्चले भन्यो, ‘यस विरोध जुलुस र ज्ञापनपत्रमार्फत हामीले हाम्रा मागहरू सरकारसमक्ष राखेका छौँ। हामीले धार्मिक सद्भाव कायम गर्नका लागि उचित कदम चाल्ने विश्वास छ।‘ आजको जुलुस जलपाईगढीमा धार्मिक सहिष्णुता र एकताको ज्वलन्त उदाहरण बनेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement