कालचिनी: आउँदो २ अक्टोबरको दिन सम्पन्न हुने फूलपाती शोभायात्रालाई मध्यनजर गर्दै सोमबार जयगाउँमा एक नम्बर ग्राम पञ्चायत र दुई नम्बर ग्राम पञ्चायत क्षेत्रको संयुक्त कमिटी गठन भएको जानकारी कमिटीका नवनियुक्त सचिव राजेश बराईलीले दिएका छन्। दुवै ग्राम पञ्चायत क्षेत्रका गोर्खा समाजका प्रतिनिधिहरुको उपस्थितिमा समाजसेवी कमल शर्माको अध्यक्षतामा सभा सम्पन्न भयो। सभामा धेरै छलफलपछि फूलपाति शोभायात्रा कमिटी गठन गरियो। फूलपाति कमिटीमा सर्वसम्मतिले सभापतिको पदमा पासाङ शेर्पा र मूलसचिवमा राजेश बराईली र कोषाध्याक्षमा अमृता राई एवं अन्यान्य कार्यकारिणी सदस्यहरुको चयन गरियो।